सेयर बजारमा हरियाली साता : १२२ अंकको वृद्धिले गर्‍यो सुखद संकेत

सेयर बजारमा यो सातभरको अवस्था सुखद देखिएको छ।

नयाँ मौद्रिक नीतिपछि आइतबारदेखि नै उचालिएको बजारको अवस्था साताको अन्तिम कारोबारमा श‍ुक्रबार पनि हरियाली नै रह्यो। साताभर समग्रमा बजार १२२.८९ अंकले बढेको छ।

शुक्रबार १२.९२ अंकले बढेर बजार २१४०.३९ बिन्दुमा पुगेको छ। जहाँ २ अर्ब १९ करोड रुपैयाँको कारोबार भएको छ। जसमा १०३ कम्पनीको सेयर मूल्य बढेको छ भने ७१ कम्पनीको मूल्य घटेको छ। ९ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।

प्रकाशित मिति: : 2022-07-29 19:01:00

प्रतिकृया दिनुहोस्