अंगोलामा भेटियो दुलर्भ हिरा

File photo
File photo

अंगोलाका खानीमा एउटा दुर्लभ शुद्ध गुलाबी हीरा फेला परेको छ। उक्त हिरा ३ सय वर्षयताकै सबैभन्दा ठूलो मानिएको छ अस्ट्रेलियाली साइट अपरेटरले बुधबार घोषणा गरेको छ।


देशको उत्तरपूर्वको लुलो खानीमा १७० क्यारेटको गुलाबी हिरा फेला परेको लुकापा डायमण्ड कम्पनीले जनाएको छ। उक्त हिरालाई लुलो रोज नाम दिइएको छ।

लुलोमा फेला परेको  गुलाबी हिराले अंगोलालाई विश्व मञ्चमा चिनाएका अंगोलाका खनिजमन्त्रीले बताएका छन्। हिरा अन्तर्राष्ट्रिय टेन्डरमा चर्को शुल्कमा (संभवत) बेचिनेछ।

यसअघि ५९ दशमलब ६ क्यारेटको पिंक स्टार सन् २०१७ मा हङकङको लिलामीमा ७१ दशमलब २ मिलियन अमेरिकी डलरमा बिक्री भएको थियो। यो अहिलेसम्म बेचेको सबैभन्दा महँगो हिरा हो।
 

प्रकाशित मिति: : 2022-07-27 14:15:00

प्रतिकृया दिनुहोस्