अभियान लघुवित्तले १८ साउनदेखि आईपीओ खुला गर्ने

File Photo
File Photo

अभियान लघुवित्तले १८ साउनदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो।

यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने छ। यो मध्य ४८ हजार ७५० कित्ता सामुहीक लगानी कोष र १२ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ।

बाँकी ९ लाख १३ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा २२ साउनसम्म आवेदन दिन सकिनेछ।

सो अवधिमा सबै सेयर बिक्री नभएमा १ भदौसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। 
 
लगानीकर्ताले सी(आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्। यो आईपीओमा मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

प्रकाशित मिति: : 2022-07-24 11:38:00

प्रतिकृया दिनुहोस्