सेयर बजारमा बुधबार पनि चमक 

File photo
File photo

सेयर बजारमा बुधबार पनि सुधार देखिएकाे छ। यस दिन सूचक ५९.५४ अंकले बढेको छ। यससँगै सूचक १९८६.८२ विन्दुमा आएको छ। ३ कम्पनीको भाउमा सकारात्मक सर्किट लागेको छ। करिब २ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ।

असार मसान्त नजिकिँदै जाँदा बजारमा चमक आएको हो। यसअघि १८०७ विन्दुसम्म झरेको नेप्से सुधार भएर करिब २१ सय विन्दु आसपास पुगेको थियो । त्यसपछि फेरि बजारमा करेक्सन आयो। करेक्सनपछि बजारमा फेरि चमक आएको हो।

बजारको दिगो सुधारका लागि वित्तीय प्रणालीमा पर्याप्त तरलता र ब्याजदर सस्तो हुनुपर्छ। यसैगरी, आम लगानीकर्ताहरुको मनोविज्ञान पनि सकारात्मक हुन आवश्यक छ। सेयर बजारमा उचारचढाव भइरहन्छ। यो बजारको स्वभाविक प्रक्रिया हो। बढेको बजार घट्न पनि सक्छ। सेयर बजारमा अवसरसँगै जोखिमको सम्भावना पनि अधिक हुन्छ भन्ने कुरालाइ ख्याल गर्दै लगानीसम्बन्धी निर्णय लिनुपर्ने हुन्छ।

यस दिन २२५ कम्पनीको ५७ लाख ८७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ। सबै समूहका सूचकमा हरियाली छाएको छ। ९ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआईसी एसिया र नेपाल बैंक परेका छन्। 

प्रकाशित मिति: : 2022-07-13 15:50:00

प्रतिकृया दिनुहोस्