नबिल बैंकले एनबी बैंकलाई प्राप्ति गर्न राष्ट्र बैंकबाट पायो स्वीकृति

File photo
File photo

नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई नेपाल बंगलादेश बैंक प्राप्ति गर्न अन्तिम स्वीकृति दिएको छ। 

राष्ट्र बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले उक्त कम्पनीलाई प्राप्तिका लागि अन्तिम स्वीकृति दिएको हो। अब कम्पनी रजिस्ट्ररको कार्यालयले पनि स्वीकृति दिएपछि एकीकृत कारोबार प्रक्रिया अघि बढ्नेछ। 

नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई १००ः४३ सेयर स्वाप अनुपातमा प्राप्ति गर्न लागेको हो। अर्थात् नेपाल बंगलादेश बैंकको १०० कित्ता सेयर हुनेले प्राप्तिपछि बन्ने नबिल बैंकको ४३ कित्ता सेयर पाउनेछन्।

दुवै कम्पनीको गएको ७ जेठमा बसेको छुट्टाछुट्टै विशेष साधारणसभाले प्राप्तिसम्बन्धी प्रस्ताव पारित गरेको थियो। 

प्रकाशित मिति: : 2022-06-30 12:45:00

प्रतिकृया दिनुहोस्