बिएल संवाददाता
बलिउड अभिनेता अर्जुन कपुर आज आफ्नो जन्मदिन मनाउँदैछन्। जन्मदिनलाई विशेष बनाउन उनी प्रेमिका मलाइका अरोडासँग फ्रान्सको पेरिसमा छन्। फ्यानहरू उनीहरूको विवाहको पर्खाइमा छन्।
तर अर्जुन र मलाइकाका लागि विवाह गर्ने कुरा त्यति सजिलो छैन। यी दुवैको परिवारमा केही यस्ता मानिसहरू छन्, जो अर्जुन र मलाइकाको विवाह हुन नदिन भिलेन बन्दैछन्।
सोनम कपुर
अनिल कपुरकी छोरी सोनम मलाइकालाई पटक्कै मन पराउँदिनन्। एक पार्टीमा उनीहरूको झगडा नै भएको छ। त्यसकारण पनि मलाइकालाई अर्जुनले विवाह नगरुन् भन्ने चाहना सोनमको छ। मलाइकाको विषयलाई लिएर उनले अर्जुनलाई चेतावनी नै दिइसकेकी छन्।
सलमान खान
अभिनेता सलमान खान पनि अर्जुन र मलाइकाको विवाह नहोस् भन्ने चाहन्छन्। उनीहरूको सम्बन्धलाई तोड्नका लागि सलमानले विभिन्न कदम पनि उठाएका छन्। उनले अर्जुनको पितासँग यस विषयमा कुराकानी गरिसकेका छन्।
बोनी कपुर
अर्जुनका पिता बोनी कपुर अर्जुन र मलाइकाको विवाहको विरुद्धमा छन्। उनी अर्जुनबाट मलाइका अलग्गिउन् भन्ने चाहन्छन्। बोनी बिना कारण सलमानको परिवार परिवारसँग दुश्मनी मोल्न चाहँदैनन्। त्यहीकारण उनी अर्जुनबाट मलाइका अलग्गिएको हेर्न चाहन्छन्।
अरबाज खान
यो सूचीमा अरबाज खान पनि छन्। अरबाज आफू चाहिँ अरु कोहीसँग डेटमा छन्, तर उनकी पूर्वपत्नी मलाइका अर्जुनसँग डेटमा रहेको देख्दा क्रुद्ध छन्। उनी पनि पूर्वपत्नी मलाइका अर्जुनसँग विवाह नगरुन् भन्ने चाहन्छन्।
अंशुला कपूर
अर्जुनकी बहिनी अंशुला कपूर पनि अर्जुनको विवाह मलाइका नहोस् भन्ने चाहिन्छन्। सुरुवाती समयमा अंशुला अर्जुन र मलाइकाको जोडीलाई मन पराउँदिन थिइन्। तर अहिले उनको सोचाइमा परिवर्तन आएको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया