हैजाबाट बच्न पानीपुरीमा राेक लगाइयाे: सीताराम हाछेँथु (भिडियाे)

शनि शाक्य

ललितपुर

ललितपुर महानगरपालिकाले ठेला गाडामा पानीपुरी बेच्न निषेध गरेकाे छ।

पछिल्लाे समय काठमाडाैं उपत्यकामा हैजाकाे सङक्रमण देखिएपछि ललितपुरमा पानीपुरी बेच्न राेक गरिएकाे नगर प्रहरी प्रमुख सीताराम हाछेँथुले बताए। 

हैजा फैलिनुकाे मुख्य कारण पानी रहेकाे बताउँदै उनले भने,  'अहिले हावापानी दूषित छ, फोहर पानी खाँदा हैजा फैलिने भएकाे कारण ठेला गाडामा पानीपुरी बेच्न निषेध गरिएकाे हाे।'

पानीपुरीमा जारको भन्दै धाराको दूषित पानी हालेर बेच्ने गरेकाे उनले बताए। 

त्यसैगरी एक सातामा रोग नियन्त्रणमा नआए पानीपुरी विक्रिवितरणमा थप कडाइ गर्ने उनकाे भनाइ छ। 

 

 

प्रकाशित मिति: : 2022-06-26 16:11:00

प्रतिकृया दिनुहोस्