कर्णालीका अधिकांश स्थानीय तहले ल्याए बजेट

कर्णालीका अधिकांश स्थानीय तहले बजेट ल्याएका छन्। आर्थिक वर्ष १०७९/०८०का लागि कर्णालीका अधिकांश स्थानीय तहले बजेट ल्याएका हुन्। 

कर्णालीका स्थानीय तहले ल्याएको बजेटमा स्थानीय तहले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र केही स्थानीय तहले लोक रिझाउने बजेट ल्याएका छन्। कर्णालीका ७९ स्थानीय तहमध्ये अधिकांशले गाउँपालिका तथा नगरपालिकाले नीति तथा कार्यक्रम पेस गर्दै बजेट ल्याएका हुन्।

वीरेन्द्रनगरको बजेट १ अर्ब ९४ करोड ११ लाख बजेट ल्यायो 

कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ९४ करोड ११ लाख १२ हजार ५ सय रुपैयाँको बजेट ल्याएको छ।

आर्थिक रूपले सम्पन्न, भौतिक रूपले योजनाबद्ध सहरी सुविधायुक्त, लैंगिक रूपमा महिलामैत्री, सामाजिक रूपले समावेशी/सहभागितात्मक, वातावरणीय रूपले स्वच्छ, सफा तथा व्यवस्थापकीय रूपले सुव्यवस्थित शैक्षिक, प्रशासनिक र पर्यटकीय सहरको रूपमा निर्माण गर्ने योजना प्राथमिकतामा छन्।

सडक तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै पुँजीगततर्फ ५३ करोड ५५ लाख ३६ हजार पाँच सय, चालुतर्फ १ अर्ब ३७ करोड ३५ लाख ७६ हजार र वित्तीय व्यवस्थातर्फ तीन करोड २० लाख रुपैयाँको बजेट ल्याएको छ। चालु आर्थिक वर्षको भन्दा ३७ करोड ५८ लाख ४९ हजार ९ सय रुपैयाँले बढी बजेट हो।

शुक्रबार नगरसभामा आगामी आवको बजेट प्रस्तुत गर्दै उपप्रमुख नीलकण्ठ खनालले शैक्षिक, प्रशासनिक र पर्यटकीय सहर, स्वच्छ, स्वस्थ, समुन्नत वीरेन्द्रनगर भन्ने सोचका साथ बजेट ल्याइएको बताए। 

कालिकोटका पचालझरनाको लागी ४२ करोड ९० लाख ४७ हजार

पचालझरना गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को लागी ४२ करोड ९० लाख ४७ हजार ६ सय ९३ रुपैयाँको बजेट ल्याएको छ। बुधबार गाउँपालिकाको केन्द्र पडेक्षामा ९ औँ गाउँ सभामा उपाध्यक्ष अल्किना बमले ४२ करोड ९० लाख ४७ हजार ६ सय ९३ रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन्।

बजेटमा शिक्षा, स्वास्थ्य रोजगारीलाई प्राथमिकतामा राखिएको छ।

प्रकाशित मिति: : 2022-06-24 21:27:00

प्रतिकृया दिनुहोस्