अमेरिकी डलरकाे भाउ घट्याे, यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २५ रुपैयाँ ५९ पैसा तोकेको छ।

पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको थियो तर बिहीबारको तुलनामा आज शुक्रबार कमी आएको छ।

बिहीबार एक डलरको विनिमयदर १ सय २५ रुपैयाँ ७२ पैसा थियो।

आज युरो १ को खरिददर १३१.४८ पैसा र बिक्रीदर १३२.११ पैसा रहेको छ।

यस्तै अष्ट्रेलियन डलर १ को खरिददर ८६.१९ पैसा विक्रीदर ८६.६० पैसा तोकेको छ। जापनी येन १० को खरिददर ९.२४ पैसा र विक्रीदर ९.२८ पैसा रहेको छ। चाइनिज युआन १८.६३ पैसा खरिददर रहेको छ भने विक्रीदर १८.७२ पैसा रहेको नेपाल राष्ट्र बैंकको विवरणमा उल्लेख छ।

प्रकाशित मिति: : 2022-06-24 08:46:00

प्रतिकृया दिनुहोस्