घोराही उपमहानगरले ल्यायो नीति तथा कार्यक्रम

दाङको घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९-८० का लागि नीति तथा कार्यक्रम ल्याएको छ। 

देशकै ठूलो उपमहानगरपालिकासमेत रहेको घोराहीले कृषि, शिक्षा र स्वस्थ्यलाई प्राथामिकता राख्दै आइतबार नीति तथा कार्यक्रम ल्याएको हो।

नीति तथा कार्यक्रममा मुल तथा उन्नत बिउ (धान, मकै, गहुँ, तोरी, मसुरो, प्याज र आलु) मा कृषलाई दिइFदै आएको ६० प्रतिशत अनुदानलाई बढाएर आगामी आर्थिक वर्षबाट ८० प्रतिशत पुर्‍यााइने नगरप्रमुख नरुलाल चौधरीले बताए। 

कृषि औजार किन्दा ५० प्रतिशत छुट दिइने, किसान परिचयपत्र कार्यक्रम लागू गरी बर्गिकरण गरिने कार्यक्रममा छ।

कृषि गोग्य जमिनमा वर्षभरी सिंचाई पुर्याउन थप जलाशय निर्माणदेखि डिप बोरिङ, स्यालो ट्युब, ट्युब वेल, लिफ्ट सिंचाई, थोपा सिचाई सुविधा पुर्याइने, तालहरुमा निःशुल्क माछाका बुरा छाडिने, पशुलाई लगाइने खोपलाई सुनिश्चित गरिने, घाँसको परनिर्भरतालाई कम गर्ने, आफ्नै डिस्पेन्सरीसहितको प्रयोगशाला स्थापना गरी संचालन ल्याउने र कृषलाई थप सेवा प्रदान गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ।

यस्तै कक्षा १० र कक्षा १२ मा उच्च अकं प्राप्त गरी उच्च शिक्षामा एम.बि.बि एस अध्ययन गर्ने मध्ये एक छात्र र एक छात्रालाई जनही ५ लाख र बि.ई. अध्ययन गर्ने एक छात्र र एक छात्रालाई पनि जनही रु ३ लाख रुपैयाँ प्रोत्साहन स्वरुप नदग दिइने नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नरप्रमुख चौधरीले जानकारी दिए।

त्यसैगरी सामुदायिक तथा संस्थागत विद्यालयको प्रोफाइल तयार गरिने, विद्यालय परिसरलाई बालमैत्री बनाइने, कक्षा ९ र १० मा अध्ययन गर्ने विद्यार्थीहरुको लागि रुचि र खुबी अनुसर उपयुक्त लक्ष्य पहिचान गर्ने सक्षम बनाउन वृत्तिमार्ग निर्देशन कार्यक्रम सञ्चालन गरिने, विद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरण गरिने, पूर्व प्राथमिक देखि कक्षा ६ सम्मका विद्यार्थीलाई दिवाखाजाको व्यवस्था गरिने कार्यक्रम पनि नीति तथा कार्यक्रममा समेटिएको छ।

यस्तै स्वास्थ पशु, स्वच्छ उत्पादन, घोराहीका वडा नं ५, ७, १० र १५ मा रहेका स्वास्थ्य संस्थाहरुको भवन निर्माणको काम शुरु गरिने, ७० वर्ष माथिका जेष्ट नागरिकलाई घरदैलो स्वास्थ्य उपचार सेवालाई निरन्तरता दिइने, उपप्रमुख खुत्रुके बचत कार्यक्रम र सुत्केरी अभियान अन्तरगत प्रसुति अवस्थामा आमालाई एक हजार रुपैयाँ उपलब्ध गराइने नीति तथा कार्यक्रममा छ। 

संघीय सरकारको सहकार्यक्रमा निर्माण भइरहेको घोराही ४ को १५ बेडको अस्पताल आगामी आर्थिक वर्षमा सम्पन्न गरिने, आयुर्वेदिक, प्राकृतिक, तथा होमियोप्याथी चिचित्सा प्रणालीको विस्तार र प्रवद्र्धन गरिने, उच्च रक्तचाप, मधुमेह, दम, मृगौता कलेजो र महिलाहरुको पाठेघर सम्बन्धी रोगको रोकथाम, परीक्षण र उपचार कार्यक्रमलाई प्रभावकारी बनाइने जनाइएको छ। 

यस्तै नीति तथा कार्यक्रममा बिहेवारी बिस वर्ष पारी, एक वडा एक युवा क्लव, घोराही नगर हरित शहर, मेरो टतोल मेरो जिम्मेवारी, खरको छानो विस्थापन कार्यक्रम, बेरोजगार युवालाई रोजगार दिइने, गरिब घर परिवार पहिचान अन्तरगत ४ हजार ५ सय घर परिवारलाई शिपमुलक कार्यक्रम गरिने, उपभोक्ता हित संरक्षण, व्यवसायीको उचित सुरक्षित कार्यक्रम, स्वच्छिक कर सहभागितामा अभिवृद्धि, सुशासन विकास र समृद्धिलगायत कार्यक्रम समेटिएको छ। 

घोराही चोकमा आकाशे पुल, फोहोर फाल्नेलाई ठाउँको-ठाउँ कारवाही

घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा घोराही चोकमा आकाशे पुल निर्माण गर्ने भएको छ। 

नगर प्रमुख नरुलाल चौधरीले आइतबार नीति तथा कार्यक्रम सार्वजनिक गर्दैै वडा नं १५ मा रहेको घोराही चोकमा यात्रुहरुको आवागमनलाई सहज बनाउन आकाशे पुल निर्माण गरिने बताए।

यस्तै घोराही उपमहानगरपालिकाको चक्रपथको अवधारणा अन्तरगत पर्ने सडक खण्ड – वडा नं ११ गणेशपुर–मज्गै, वडा नं ९ बुकाली डाँडा– एकलघारुवा–कर्मटिया–मछाई–आन्द्रभरैया –वडा नं ५ धर्ना दामोदर रोड – धारापानी – वडा नं ३ कुहिरेपानी – वडा नं २ बालामपुरबाट नदिपारी हुँदै – वडा नं १ सिमलतारा –विपी मार्ग – वडा नं ४ लक्ष्मीपुर चोक – स्यालापानी –बसन्तपुर – चुक्ले पाटा – वडा नं १७ पातुथान –मदनभण्डारी मार्ग– डवरी –वडा नं १८ अम्बापुर – बाँसपोखरी – मसिना –गिठेपानी – रानीजरुवा – वडा नं १३ बाह्रकुने – वडा नं १२ आँखा अस्पताल रोड हुँदै गणेशपुर) क्रमशः निर्माण गरिने पनि चौधरीले जानकारी दिए।

ग्रामीण सडकहरुलाई जुनसुकै समयमा पनि सञ्चालन योग् बनाउन पुल, झोलुङ्गे पुल तथा कल्भर्ट निर्माणलाई प्राथमिकता दियने, नगरको मुख्य बजार क्षेत्रमा बढ्दै गैरहेको ध्वनी, वायु प्रदुषण कम गर्न, सडक दुर्घटना न्यूनीकरण तथा यात्रु आवागमलाई व्यवस्थित गरिने, नेत्रला अभागी रंगशाला निर्माणको कार्य अगाडी बढाइने नीति तथा कार्यक्रममा समेटिएको छ।

यस्तै नीति तथा कार्यक्रममा खुला तथा सार्वजनिक स्थलमा जथाभावी फोहर गर्ने व्यक्तिलाई ठाउँका ठाउँ कार्वाही गर्ने पनि समेटिएको छ।

‘धार्मीक तथा पर्यटकीय स्थल, सार्वजनिक स्थलमा सरसफाई अभियान संचालन गरिनेछ। निजि तथा सार्वजनिक सवारी साधानमा यात्रा गर्ने यात्री तथा पैदल यात्रीलार्य खुला, सार्वजनिक स्थानमा फोहर नफाल्न वानीको विकास गर्न सरोकारवालाको सहभागितामा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिने छ,’ नगर प्रमुख चौधरीले भने, ‘खुला तथा सार्वजनिक स्थलमा जथाभावी फोहर गर्ने व्यक्तिलाई घटना स्थलमै कार्वाही गरिनेछ।’

नीति तथा कार्यक्रममा सार्वजनिक र घुम्ती शौचाल निर्माण गरिने, सरसफाईमा खटि उच्च जोखिममा रहेका सरसफाईकर्मीहरुलाई दुर्घटना तथा जोखिम बीमाको व्यवस्था गरिने, विपद् प्रतिकार्यसँग सम्बन्धित सामग्री खरिद गरिने पनि समेटिएको छ।

प्रकाशित मिति: : 2022-06-19 19:28:00

प्रतिकृया दिनुहोस्