ललितपुरमा सुरक्षाकर्मीहरुले लिए विपद् व्यवस्थापनसम्बन्धी अभ्यास

शनि शाक्य

ललितपुर

ललितपुर महानगरपालिकामा वडा नम्बर २४ धापाखेलस्थित नागदहमा सुरक्षाकर्मीहरुलाई विपद् व्यवस्थापनसम्बन्धी 'संयुक्त सिमुलेसन' अभ्यास गराइएकाे छ।

जिल्ला प्रशासन कार्यालय ललितपुरको संयोजकत्वमा प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याको अध्यक्षतामा विपद् व्यवस्थापनसम्बन्धी “संयुक्त सिमुलेसन” (मनसुन-२) नामक अभ्यास कार्यक्रममा आयोजना गरिएकाे हाे।

सो कार्यक्रमा नेपाली सेना, नेपाल प्रहरी, र सशस्त्र प्रहरी बल नेपालका विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षाकर्मीहरु, स्थानीय तह तथा विपद् व्यवस्थापन संग सम्बन्धित अन्य निकाय, संचारकर्मीको  सहभागितामा उक्त सिमुलेसन अभ्यास कार्यक्रम सुरु भएको हो।

जिल्ला अधिकारी उपाध्यायका अनुसार 'नेपालमा अहिले मनसुन भित्रिएसँगै प्रकोप जाने खतरा बढेकाे र त्यही खतरामा कसैको ज्यान नजाओस् भनेर यो टेनिङको आयोजना गरिएकाे हाे।

प्रकाशित मिति: : 2022-06-09 10:49:00

प्रतिकृया दिनुहोस्