ससुराले पिटेको झोँकमा एक महिलाले आफ्ना ६ सन्तानलाई कुवामा डुबाएर हत्या गरिन्

Photo - Bhaskar
Photo - Bhaskar

भारतको महाराष्ट्र राज्यमा एउटी आमाले आफ्ना सन्तानलाई एक–एक गरी इनारमा डुबाएर हत्या गरेकी छन्।

रायगड जिल्लाको महड तालुक गाउँकी ३० वर्षीया रुना चिखुरी साहनीले घरायसी विवाद हुँदा आफ्ना ६ सन्तानलाई तड्पाइ–तड्पाइ हत्या गरिन्।

आफ्नै आमाद्वारा मारिनेहरूमा १० वर्षीया रोशनी, ८ वर्षीया करिश्मा, ६ वर्षीया रेश्मा, ५ वर्षीया विद्या, ३ वर्षीय शिवराज र ३ वर्षीया राधा रहेका छन्।

उनीहरू सबैको उमेर दश वर्षभन्दा मुनि रहेको महाराष्ट्र बालसंरक्षण केन्द्रले जनाएको छ। सन्तानको हत्यापछि साहनी आफैँले पनि आत्महत्याको प्रयास गरेकी थिइन्। तर स्थानीयवासीले उनको तत्काल उद्दार गर्दा ज्यान जोगियो।

घटनाको जानकारी पाएलगत्तै महड क्षेत्रका विधायक भरत गोगाव प्रहरीसहित घटनास्थल पुगेर महिलालाई पक्राउ गरेका छन्।

बालबालिकाहरूको शव मंगलबार दिउँसो नै इनारबाट लिकालिएको रायगड प्रहरीले जनाएको छ। ती महिलालाई सोमबार बिहान आफ्ना ससुराले कुटपिट गरेको प्रहरी सोधपुछका क्रममा बताएकी छन्।

ससुराको पिटाइबाट आक्रोसित ३० वर्षीया सहानीले राति नै आफ्ना सन्तानको हत्या गर्ने कदम चालेको स्थानीय प्रहरीको दाबी छ।

प्रकाशित मिति: : 2022-05-31 18:50:00

प्रतिकृया दिनुहोस्