सशस्त्र प्रहरीमा सेवा अवधि ३२ वर्ष बनाउन १२ करोडको खेल !

पर्दाफास

काठमाडौँ

सशस्त्र प्रहरी बल, नेपालमा २१ दिनका लागि नेतृत्व पाएका महानिरीक्षक पुष्पराम केसी र उनका निकट सहयोगीहरुले ठुलो धनराशी खर्च गरेर सेवा अवधि बढाउने चलखेल गरिरहेको सरकारी स्रोतले दाबी गरेको छ ।

स्रोतका अनुसार यसका लागि गृह मन्त्रालयका केही अधिकारी र गृह मन्त्री बालकृष्ण खाणका परिवारका सदस्य सहित बिचौलियाहरुले चलखेल गरिरहेका हुन् । 

सशस्त्र प्रहरीको नियमावली २०७२ सच्याएर सेवा अवधि बढाउन महानिरीक्षक केसी र उनको समूहले १२ करोड रुपैयाँ लगानी गर्न थालेको र यसमा गृह मन्त्रालय सहमत रहेको र फाइल अर्थमा बढाउने खेल तयारी भइरहेकाे स्रोतको दाबी छ ।

तर यस विषयमा सरकारी अधिकारीहरुले औपचारिक रुपमा केही बताउन चाहिरहेका छैनन् । 

प्रकाशित मिति: : 2022-04-22 13:02:00

प्रतिकृया दिनुहोस्