मिस नेपाल नम्रता मिस वर्ल्डको उत्कृष्ट ४०मा, मार्च १६ मा पोर्टोरिकोमा फिनाले

बिएल संवाददाता

बाल्टिमोर, अमेरिका

आगामी मार्च १६ मा अमेरिकी अधिनस्थ पोर्टो रिकोमा हुन गैरहेको मिस वर्ल्डको फिनालेमा मिस वर्ल्ड नेपाल नम्रता श्रेष्ठ पनि सहभागी हुने भएकी छिन् । हेड टु हेड च्यालेन्जबाट अन्तिम ३० मा पुगेको आधारमा  उनी फिनालेमा सहभागी हुन लागेकी हुन् ।  

आयोजकले जनाएअनुसार फिनालेमा सेमीफाइनलमा पुगिसकेका १५ र निर्णायकले छनौट गरेका २५ गरी ४० जना मात्र सहभागी हुनेछन् । 

७०औं संस्करणको मिस वर्ल्ड २०२१ को सुरूमा ९७ देशका सुन्दरीहरू सहभागी थिए । विभिन्न चरणका प्रतिस्पर्धाबाट बाहिरिएर सेमिफाइनल चरणमा प्रवेश गर्ने बेलामा केही प्रतियोगी र व्यवस्थापकलाई कोभिड संक्रमण भएपछि प्रतियोगिता स्थगित गरिएको थियो । 



मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै नम्रता श्रेष्ठ मिस नेपाल वर्ल्ड २०२० बिजेता बनेकी थिइन् । यसअघि उनि  ‘मिस नेपाल–२०१६’ मा पनि सहभागी भएकी थिइन् । त्यतिबेला अन्तिम पाँचसम्मको यात्रा तय गरेकी उनी यसपटक भने ताजको हकदार बनिन् ।  

समाजशास्त्रमा स्नातकोत्तर उनी पेशाले एक किन्डर गार्डेन शिक्षिका हुन्।

 

प्रकाशित मिति: : 2022-01-30 23:37:00

प्रतिकृया दिनुहोस्