टर्कीमा राष्ट्रपतिविरुद्ध बोल्ने महिला पत्रकारलाई जेल सजाय

एएफपी
एएफपी

टर्कीको एक अदालतले चर्चित महिला पत्रकार सदफ कबासलाई राष्ट्रपति अर्दोआनको अपमानसँग सम्बन्धित एक मुद्दामा जेल सजाय सुनाएको छ।

सदफलाई जुन कानुनको आधारमा जेल चलान गरियो उक्त कानुनको आधारमा टर्कीमा दशौं हजार मानिसमाथि मुद्दा चलाइसकिएको छ। 

समाचार एजेन्सी रोयटर्सका अनुसार प्रहरीले कबासको स्थानीय समयअनुसार अबेर राति २ बजे हिरासतमा लिइएको छ र पहिला उनलाई इस्ताननबुलको मुख्य प्रहरी चौकी लगिएको थियो। 

 

प्रकाशित मिति: : 2022-01-23 20:02:00

प्रतिकृया दिनुहोस्