अष्ट्रेलियाको सिड्नीमा नेपाली विद्यार्थी मृत फेला

अष्ट्रेलियाको सिड्नीमा एक नेपाली विद्यार्थी मृत अवस्थामा फेला परेकी छन्। 

काठमाडौं कीर्तिपुरकी २२ वर्षिय सुस्मिता कपाली मृत अवस्थामा भेटिएकी हुन्।

कपाली अध्ययनका लागि २ वर्षअघि अष्ट्रेलिया गएकी थिइन्। हाल एमपीएल पढिरहेकी उनको घटनाबारे न्यू साउथ वेल्स प्रहरीले अनुसन्धान गरिरहेको छ।

मृतकको शव नेपाल पठाउँन न्यूसाउथ वेल्समा गैर आवासीय नेपाली संघले गोफण्ड मार्फत सहयोग संकलन सुरू गरेको छ।

प्रकाशित मिति: : 2022-01-17 19:30:00

प्रतिकृया दिनुहोस्