अफगानिस्तानमा जाडो मौसमका लागि मानवीय सहायता प्रदान

बिएल संवाददाता

संयुक्त राष्ट्रसंघ
File Photo
File Photo

अफगानिस्तानमा जाडो मौसमका लागि मानवीय सहयता प्रदान गरिएको छ। यहाँ संयुक्त राष्ट्रसंघको पहल र समन्वयमा केही समयदेखि नै यस्तो सहयता प्रदान गरिएको छ। संयुक्त राष्ट्रसंघको मानवीय सहयतासम्बन्धी एजेन्सी ओचाका अनुसार यहाँ संयुक्त राष्ट्रसंघीय साझेदार निकायहरुले मानवीय सहयता वितरणको कार्यको समन्वय गरिरहेका छन्।

सोही निकायको पहलमा अफगानिस्तानमा मानवीय सहायतासम्बन्धी सामग्री वितरण गरिएको छ। यसरी गरिएको सहायतामा गत हप्ता मात्र नानगाहार प्रान्तका ८१ हजार जनाले यस्तो सहयता प्राप्त गरेका हुन्। त्यसैगरी कुनार, नुरिस्तान र पाक्टिया क्षेत्रका करिब २ लाख ८४ हजार जनाले दुई हप्तायतादेखि मानवीय सहयता र विशेषगरी जाडो मौसमका लत्ताकपडा तथा खानाहरु प्राप्त गरेका छन्।

अफगानिस्तानका स्थानीय सञ्चारमाध्यमहरुका अनुसार अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघलगायत विश्वका विभिन्न दाता राष्ट्रहरुले यहाँ मानवीय सहायतासम्बन्धी सामग्रीहरु पठाइरहेका छन् ।यी सामाग्रीहरुमा विशेषगरी खाद्य सामग्री र लत्ताकपडाहरु रहेका छन्। यहाँका प्राय सबै ३४ प्रान्तकै नागरिकहरुका लागि यो सामग्री पठाइएको हो।

संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निकायका अनुसार यहाँ यस्तो आवश्यकता परेका नागरिकलाई सहायता उपलब्ध गराइएको छ। यहाँ मानवीय सहायता उपलब्ध गराउने कार्यलाई संयुक्त राष्ट्रसंघले विश्वकै सबैभन्दा ठूलो अभियानको मानवीय सहायताका रुपमा लिएको छ। संयुक्त राष्ट्रसंघले अफगानिस्तानका प्राय सबै प्रान्तहरुमा अर्थान् देशैभरि नै नागरिकलाई यस्तो सहयोग आवश्यक रहेको जनाएको छ।

यहाँ इरान र चीनले पनि यस्तो सामगी्र पठाएका छन्। इरान र चीनले खाद्य सामग्रीहरु अफगानिस्तानको काबुल विमानस्थलमा जहाजमार्फत् लगेका थिए। अफगानिस्तानका विद्रोही तालिबानीहरुले यहाँको सत्ता कब्जा गरेपछि अफगान नागरिकलाई खाद्यान्नलगायतका सामग्रीको खाँचो परेको बताइएको छ।
 

प्रकाशित मिति: : 2021-12-07 11:55:00

प्रतिकृया दिनुहोस्