तालिवान सरकारले जारी गर्‍याे महिला अधिकारको रक्षाका लागि निर्देशिका

[Aamir Qureshi/ AFP]

अफगानिस्तानमा सत्ता सञ्चालन गरिरहेका तालिवानहरुले महिलाको अधिकारको रक्षा गर्ने जनाएका छन्। उनीहरुले महिला अधिकारको रक्षा गर्न नसकेको भनेर विश्वमा नै आलोचना भइरहेका बेला यस्तो प्रतिबद्धता सार्वजनिक गरेका हुन्।

यहाँका सर्वाेच्च नेताले सो अधिकारको रक्षाका लागि भन्दै निर्देशिका जारी गरेका हुन्। तालिवान सरकारका सर्वाेच्च नेता हैबतुल्लाह अखुन्जादाले सो निर्देशिका जारी गरेका छन्। उक्त निर्देशिकामा महिलालाई स्वतन्त्रता दिइएको बताइएको छ। उनीहरुले विद्यालय जान पाउने र विवाहका क्रममा पनि महिलामाथि कुनै दबाब दिन नपाइने बताइएको छ।

त्यसैगरी महिलालाई उनीहरुका अधिकारमा जबर्जस्ती गर्न नपाइने बताइएको छ। एकल महिलाले पनि आफ्नो इच्छा बमोजिम विवाह गर्न पाउने कुरा पनि सो कानुनमा जनाइएको छ।

त्यसैगरी कुनै पनि व्यक्तिले एकभन्दा बढी श्रीमती राखेको छ भने पनि उसले इस्लामिक कानुनअनुसारका अधिकार महिलालाई दिनुपर्ने कुरा पनि सो कानुनमा जारी गरिएको बताइएको छ।

अफगानिस्तानमा महिला अधिकार हनन् भएका कैयौँ उदाहरणहरु रहेका छन्।अहिले तालिवानहरु सत्तामा आएपछि पनि उनीहरुले महिला र बालबालिकालाई अधिकार नदिएका र दबाब दिएका भनी विश्वव्यापी रुपमा आलोचना भएको थियो।

प्रकाशित मिति: : 2021-12-04 20:54:00

प्रतिकृया दिनुहोस्