महिलालाई प्रतिबन्ध लगाउँदा अफगानिस्तानलाई १ अर्ब डलर घाटाः राष्ट्रसंघ

Photo: pixabay

अफगानिस्तानमा तालवानले यही अगस्टमा सत्तापलट गरेसँगै महिलाहरुलाई यसअघि गर्दै आएको काम गर्न प्रतिबन्ध लगाउदै आएको छ। तर, यो प्रतिबन्ध तालिवानकै लागि प्रत्युत्पादक साबित हुने देखिएको छ। राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले एक प्रतिवेदन सार्वजनिक गर्दै महिलामाथि प्रतिबन्ध लगाएकै कारण अफगान अर्थतन्त्रमा १ अर्ब अमेरिकी डलरबराबरकाे नाेक्शान भएकाे छ।

अफगानिस्तानको कूल ग्राहस्थ उत्पादन सन् २०२० मा २० अर्ब  डलर भएकोमा यो वर्ष १६ अर्ब डलरमा खुम्चिने यूएनडीपीले त्यहाँकाे आर्थिक तथा सामाजिक अवस्थाबारे सार्वजनिक गरेको एक प्रतिवेदनमा उल्लेख छ। अहिलेकै अवस्था रहे वा कुनै सुधारका कदम नचालिएमा यो दर आगामी वर्ष ३० प्रतिशतले घट्ने अर्थात कूल ग्राहस्थ उत्पादन जम्मा १४ अर्ब  डलरमा खुम्चिने पनि राष्ट्रसंघले  प्रक्षेण गरेको छ।

राष्ट्रसंघका अनुसार अफगानिस्तानको प्रतिव्यक्ति आय सन् २०१२ मा ६५० डलर रहेकोमा सन् २०२० मा घटेर ५०० डलर पुगेको थियो। अफगानिस्तानले आर्थिक संकट सामना गरिरहे आगामी वर्ष उसको प्रतिव्यक्ति आय ३५० डलरमा झर्ने राष्ट्रसंले प्रक्षेपण गरेको छ। 

एजेन्सी

प्रकाशित मिति: : 2021-12-03 08:22:00

प्रतिकृया दिनुहोस्