नाइजेरियाको एक कारागारमा आक्रमण,११ कैदीको मृत्यु, २५२ जनाले ज्यान जोगाएर भागे

Photo: The Nation
Photo: The Nation

नाइजेरियाको एक जेलमा भएको आक्रमणमा परी कम्तीमा पनि ११ जना बन्दीको ज्यान गएको छ। सो आक्रमणमा परेर अरु कैयौँ घाइते भएका छन्। सो आक्राणबाट २५२ जना बन्दीहरु भागेका बताइएको छ। अधिकारीहरुले आइतबार राति यहाँको जोस नामक सहरमा रहेको सो बन्दीगृहमा अज्ञात बन्दुकधारीहरुले हमला गरेका थिए।

उक्त हमलामा परेर यहाँका ११ जनाको ज्यान गएको र अरु २५२ जना भाग्न सफल भएको बताइएको छ। नाइजेरियाको कारागार अधिकारीहरुका अनुसार सो हमला कसले गर्‍यो भन्ने बारेमाा केही खुल्न सकेको छैन। कैदीलाई भगाउने उद्देश्यले सो हमला गरेको हुनसक्ने अनुमान गरिएको छ। पहिले पनि यहाँका जेलहरुमा यसरी नै पटक पटक हमला हुने गर्दथ्यो।

कारागार सम्बन्धी निकायका अधिकारीहरुले आक्रमणकारीहरुको खोजी जारी रहेको बताएका छन्। उनीहरुले जेलबाट भागेकाहरुको पनि खोजी कार्य प्रहरीले सुरु गरेको बताएका छन्।

प्रकाशित मिति: : 2021-11-30 12:40:00

प्रतिकृया दिनुहोस्