चीनविरोधी देशहरूलाई ‘ताईवान कार्ड’ प्रयोग नगर्न चेतावनी दिँदै विदेशमन्त्री वाङले भने–ताईवानको स्वतन्त्रता चीनलाई अमान्य

Getty Images
Getty Images

चीनका विदेशमन्त्री वाङ यीले चीनले ताइवानको स्वतन्त्रतालाई स्वीकार नगर्ने बताएका छन्। चीनविरोधी देशहरुलाई ‘ताईवान कार्ड’ प्रयोग नगर्न चेतावनी दिँदै उनले ताइवानको स्वतन्त्रतालाई स्वीकार नगर्ने बताएका हुन्।

ताइवानको विषयलाई लिएर अन्य देशहरुसँग द्वन्द्व गर्ने चीनको आशय नभएको उनले बताए। उनले चीन र अमेरिकाबीचको सम्बन्धले विश्वकै भविष्य निर्धारण  गर्ने बताए।

ताईवानले अमरिकाले प्रदान गरेको अत्याधुनिक लडाकु जेट एफ–१६ भी परिचालन गरिरहेको पृष्ठभूमिमा चीनका विदेशमन्त्रीको टिप्पणी आएको हो। सो जेट ताईवान र अमेरिकाबीचको साझेधारीको बिम्ब भएको ताइवानका राष्ट्रपति साई इन वेनले बताएका छन्। 

गत महिना ताइवानको हवाई क्षेत्रमा चीनले ठूलो संख्यामा लडाकु विमानहरू उडाएको थियो। त्यसको अमेरिकाले विरोध गदैआएको थियो। चीनले ताइवानमाथि हमला गरे ताइवानलाई सहयोग गर्ने अमेरिकाले बताउँदै आएको छ।

चीनको सरकारी सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार विदेशमन्त्री वाङले  पछिल्लो समयचीन र अमेरिकाबीचको व्यापार सम्बन्ध बिग्रिएको बताएका छन्। 

प्रकाशित मिति: : 2021-11-21 09:47:00

प्रतिकृया दिनुहोस्