आईपीएलः कोलकत्ताको सहज जित

Photo: PTI
Photo: PTI

कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा सहज जित निकालेको छ। बिहीबार सारजाहमा भएको खेलमा कोलकाताले राजस्थान रोयल्सलाई ८६ रनले हराएको हो।

कोलकाताकाले दिएको १ सय ७२ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएकाे राजस्थान १६ ओभर १ बलमा अलआउट हुँदै ८५ रनमा समेटियो।

राजस्थानका राहुल टेवाटियाले सर्वाधिक ४४ रन बनाए। राजस्थानलाई सस्तैमा समेट्न कोलकाताका शिभम  माभीले ४ तथा लकी फर्गुसनले ३ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो। उसका शुबमन गिलले ५६ रनको अर्धशतकीय इनिङ् खेले। 

राजस्थानका क्रिस मोरिस,चेतन शाकरिया,राहुल टेवाटिया र ग्लेन फिलिप्सले १/१ विकेट लिए।

जितसँगै कोलकाता १४ खेलमा १४ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ। काेलकाता प्ले अफ सम्भावना कायम राखेको छ। राजस्थान १० अंक जोडेर सातौ स्थानमा छ।

प्रकाशित मिति: : 2021-10-08 06:23:00

प्रतिकृया दिनुहोस्