पशुपतिमा साउने भीड (भिडियाे)

शनि शाक्य

काठमाडौं

काेराेनाका कारण केही समयदखि बन्द रहेकाे पशुपितनाथकाे मन्दीर साउन सुरू भएपछि भक्तजनहरुको भीड लाग्न थालेकाे छ। 

कोरोना माहामारीका कारण पशुपतिनाथ मन्दिर बन्द गरिए पनि भक्तजनहरूले पशुपति क्षेत्र र आसपासका मन्दिर परिक्रमा र मूर्ति पूजा गर्दै शिवलिङ्गमा जल चढाएर महादेवको पूजा गरेका छन्। 

सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गरेर दक्षिणायन शुरु भएको महिना साउन भगवान शिवको प्रिय महिना मानिन्छ।

भगवान् शिवले सूर्य र चन्द्र दुवैलाई धारण गरेकाले चन्द्रशेखर पनि भनिन्छ।

साउन महिनाको सोमबार उनै भगवन शिवका पूजाआजा गर्ने, व्रत बस्ने तथा नदी, ताल, तलाउमा स्नान गर्ने प्रचलन गरहेको छ।

साउने सोमबारको व्रत दाम्पत्य जीवन, पारिवारिक एवं सन्तान र परिवारको कल्याण तथा सुख शान्तिका लागि पुरुष महिला दुवैले गर्नुपर्ने शास्त्रीय चलन रहेको छ।

प्रकाशित मिति: : 2021-07-20 18:33:00

प्रतिकृया दिनुहोस्