इंग्लिस प्रिमियर लिग क्लब लेष्टर सिटीले साउथह्याम्पटनबाट डिफेन्डर रायन बेर्ट्रान्डलाई आफ्नो क्लबमा अनुबन्धित गरेको छ।
रायनले लेष्टरसँग दुई वर्षको सम्झौता गरेका हुन्।
३१ वर्षीय रायनले २०१५ बाट साउथह्याम्पटनमा खेल्दै आएका थिए।
उनले साउथह्याम्पटनको लागि २ सय ४० खेल खेलिसकेका छन्।