शैक्षिक क्षेत्रमा व्याप्त बेथितिको विरुद्धमा संयुक्त विद्यार्थी मोर्चाले विरोध स्वरुप पोखराको पिएन क्याम्पसअघि मसाल जुलुस निकालेको छ।
राजनीतिक, संवैधानिक तथा शैक्षिक प्रतिगमनका विरुद्ध एक ढिक्का भएर उनीहरु विरोधमा उत्रिएका हुन्।
नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले संयुक्तरुपमा घोषणा गरेको चरणबद्ध आन्दोलन अनुसार उनीहरु विरोधमा उत्रिएका हुन्।
पोखराको पृथ्वीनारायण क्याम्पसअगाडी साँझ ५ बजे मसाल जुलुससहितको विरोध प्रदर्शन गरिएको थियाे। विरोध कार्यक्रममा विद्यार्थीहरुको बाक्लो उपस्थिति थियो।