ललितपुरमा दोस्रो चरणको ‘कोभिशिल्ड’ खोप लगाउन सुरु (फाेटाे/भिडियाे)

शनि शाक्य

ललितपुर

ललितपुर महानगरपालिकाका दुई हजार ५ सय व्यक्तिलाई  आजदेखि दोस्रो चरणको ‘कोभिशिल्ड’ खोप लगाउन सुरु गरिएको छ।

कार्यालयले पहिलो मात्राको ‘कोभिशिल्ड’ खोप लगाएकामध्ये दुई हजार २२० जना ७७ वर्ष उमेरमाथिका तथा सम्बन्धित वडाका जनप्रतिनिधि, कर्मचारी एवं स्वास्थ्य स्वयंसेवक २८० जनालाई विहान १० देखि खोप लगाउन सुरु गरेको हो।

लगनखेलको पशु सेवा केन्द्र, पाटन हाइस्कूल, महानगरपालिका प्राङ्गण, धापाखेल स्वास्थ्यचौकी, सुनाकोठीस्थित बालकुमारी विद्यालय, खोकना, बुङ्मतीक्षेत्रअन्तर्गत कार्यविनायक विद्यालय तथा हरिसिद्धि र सैँबु स्वास्थ्यचौकीमा खोप लगाउन सुरू गरिएकाे हाे।

 

प्रकाशित मिति: : 2021-06-23 12:21:00

प्रतिकृया दिनुहोस्