कोरोना संक्रमित श्रीमानकाे मृत्यु भएपछि श्रीमतीले अस्पतालमै गरिन् आत्महत्या (अपडेटेट)

शनि शाक्य

ललितपुर

ललितपुरको हरीसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा काेराेना संक्रमित श्रीमानकाे मृत्यु भएपछि श्रीमतीले अस्पतालमै आत्महत्या गरेकी  छिन्।

काेराेना संक्रमित भई अस्पताल भर्ना भएका म्याग्दीकाे मालिका–५ का ४५ वर्षीय लाल पुनकाे मृत्यु भएपछि श्रीमती दिकमाया पुनले अस्पतालकाे ट्वाईलेटमा झुण्डिएर आत्महत्या गरेकाे ललितपुर प्रहरीले जानकारी दिएकाे छ। 

‘विहान श्रीमानको मृत्यु भएपछि श्रीमतीले पनि ट्वाईलेटकाे चुकुलमा झुण्डिरए आत्माहत्या गरेको अवस्थामा हामीलेे भेटेका छाैं। थप अनुन्धान हुन बाँकी छ।’ ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले भनिन्। 

अस्तपताल स्राेतका अनुसार मृतक लाल पुन गत विरामी परेर जेठ १९ गते अस्पताल भर्ना भएका थिए। उपचारकै क्रममा जेठ ३० गते उनमा काेराेना संक्रमणा पुष्टि भएकाे  थियाे। संक्रमित पुनकाे शुक्रबार  विहान  उपचारकै क्रममा अस्पतालमा  निधन भएपछि श्रीमतीले आत्महत्या गरेकी हुन्। 

‘श्रीमानकाे विहान ७ बजे मृत्यु भएकाे हाे। हामीले उहाँ (दिकमाया) लाई उतिबेलै मृत्युकाे खबर दिएका थियाैं। त्यसकाे केही समयमै उहाँ त ट्वाईलेटमा मृत् भेटिनु भयाे।’ अस्पतालका एक कर्मचारीले भने। 

प्रकाशित मिति: : 2021-06-18 10:10:00

प्रतिकृया दिनुहोस्