कर्णाली प्रदेशसभा : नीति तथा कार्यक्रम पारित नभई स्थगित

फाइल तस्वीर
फाइल तस्वीर

कर्र्णाली प्रदेशसभाको सोमबारको बैठकमा प्रदेश सरकारले सरकारको आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत गरेकोे वार्षिक नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची थियो।

आज असार १ गते नयाँ बजेट ल्याउनुपर्ने प्रदेश सरकारलार्ए संंवैधानिक बाध्यता छ तर नीति तथा कार्यक्रममाथिको छलफल सकिए पनि मुख्यमन्त्रीले जवाफ दिने र पारित गर्ने निर्धारित कार्यसूचीमा प्रवेश नगरी बैठक स्थगन भयो।

सांसदहरुले छलफलमाा भाग लिएलगत्तै सभामुख राजबहादुर शाहीले बैठक असार १ गते दिउँँसो एक बजेसम्मका लागि स्थगन भएको घोषणा गरे। सभामुख शाहीले दलीय सहमतिअनुसार बैठक स्थगन गरेको बताए।

सर्वोच्च अदालतले फ्लोरक्रस गरेर मुख्यमन्त्री महेन्द्र्रबहादुर शाहीलाई विश्वासको मत दिने एमालेका चार सांसदलाई पुनःबहाली अन्तरिम आदेश दिएपछि सत्तापक्ष र प्रमुख प्रतिपक्षी दुवै सकसमा छन्। अदालतको पत्रअनुसार सभामुखले सोमबारको बैठकमा प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा नेकपा एमाले प्रदेश संसदीय दलको सदस्यको हैसियतमा कायम रहने घोषणा गरेका थिए।रासस

प्रकाशित मिति: : 2021-06-15 10:02:00

प्रतिकृया दिनुहोस्