ललितपुर महानगरले राजदल गण परिसरका दुई पोखरीको पुनर्निर्माण गर्ने

शनि शाक्य

ललितपुर 

ललितपुर महानगरपालिकाले लगनखेलस्थित राजदल गण परिसरमा रहेका दुई वटा पोखरीको जिर्णोदार र पुनर्निर्माण गर्ने भएको छ।

ललितपुर महानगरपालिका र राजदल गण ललितपुरबीच आइतबार पोखरी पुनर्निर्माण सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो।

सम्झौता कार्यक्रममा महानगरका प्रमुख चिरिबाबु महर्जनले पोखरीलाई पुरानै अवस्थामा फर्काए कमलको फूल फुलाउने योजनाका साथ अघि बढ्ने बताएका छन्।

‘निर्माण गर्न लागिरहेकाे याे पाेखरी एकदमै चिटिक्क पर्ने गरी बनाउँछाैं यसमा कुनै शंका छैन्। त्यहाँ हामी कमलकाे फूल अवश्य फुलाउँछाैं।’ महानगरका प्रमुख चिरिबाबु महर्जनले भने।

राजदल गणले सुख्खा मैदानमा परिणत भएको पोखरी पुननिर्माणका लागि महानगरलाई सहयोग गर्नेछ। महानगरले पोखरीलाई ऐतिहासिक रुपमा आफ्नै खर्चमा पुनर्निर्माण र सम्भार गर्ने छ।

प्रकाशित मिति: : 2021-06-14 09:55:00

प्रतिकृया दिनुहोस्