युरोकप फुटबलमा इटालीकाे सुखद सुरुवात

Photo : Getty image
Photo : Getty image

१६ औं संस्करणको युरोकप फुटबलमा इटालीले विजयी सुरुवात गरेको छ।

रोममा शुक्रबार राति भएको उद्घाटन खेलमा टर्कीलाई ३-० गोल अन्तरले पराजित गर्दै इटालीले सुखद सुरुवात गरेको हो।

इटालीलाई जित दिलाउन सिरो इमोबाइल र लोरेन्जो इन्सिन्याले एक एक गोल गरे भने एक गोल आत्मघाती भयो।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, खेलको ५३ औं मिनेटमा टर्कीका मेरिह डेमिरलको आत्मघाती गोलबाट इटालीले अग्रता बनाएको थियो।

आज (शनिबार) तीन खेलहरु हुँदैछ। यस पटकको युरोकप विभिन्न देशको ११ शहरमा आयोजना हुँदैछ।
 

प्रकाशित मिति: : 2021-06-12 07:08:00

प्रतिकृया दिनुहोस्