जुम्लामा २ सय ११ जना संक्रमित, तीन गाउँपालिका शील

File Photo
File Photo

काेराेनाकाे दाेस्राे लहरले २ सय ११ जना संक्रमित भएका छन्। जसमध्ये हाल २६ जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचार भइरहेको छ भने १ सय ५६ जना होमआइसोलेसनमा रहेकाे प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक राजिव शाहले बताए।

हालसम्म चन्दननाथमा नगरपालिकाका ५२ जना संक्रमित भएका छन् भने, पातारासीका ३१ जना, गुठिचौरमका २३ जना, तातोपानीका ४ जना, तिलाका १० जना, हिमाका २ जना, सिंजाका ७ र कनकासुन्दरीमका ३२ जना छन्। अन्य ४९ जना गरी जम्मा २ सय ११ जना संक्रमित भएका छन्।

त्यस्तै जुम्लाको गुठिचौर गाउँपालिकामा २३ जना संक्रमित भेटिएका छन्। जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको सहयोग र गुठिचौर स्वास्थ्य चौकीको समन्वयमा ३ सय ३ जनाको एन्टिजेन्ट परिक्षण गर्दा २३ जनामा कोरोना संक्रमण देखिएको हो। वडा नम्बर ३, ४ र ५ मा बढी संक्रमित भेटिएको गुठिचौर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बालकराम नेपालीले जानकारी दिए। 

उनका अनुसार संक्रमित मध्ये १ जना कोरोना जितेर घर गइसकेका छन्। लक्षण देखिएका २० जनालाइ होमआइसोलेसनमा बस्न सुझाब दिइएकाे छ भने २ जनालाई गुठिचौर गाउँपालीकाले निर्माण गरेको अस्थायी कोभिड अस्पतालमा राखिएको छ। संक्रमितका लागि अक्सिजन आवश्यक परेमा स्वास्थ्य चौकीसँग समन्वय गरेर कर्णाली स्वास्थ्या विज्ञान प्रतिष्ठानमा पठाइने छ।

गुठीचा‌र गाउँपालिकामा कार्यरत २ जना कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि गाउँपालिकालाई जेष्ठ २ गतेसम्म शिल गरिएको गाउँपालिका अध्यक्ष हरि बहादुर भण्डारीलले जानकारी दिए। 

काेराेनाकाे दोस्रो लहरमा संक्रमण बढ्दै गएपछि जुम्लाका ८ स्थानीय तह मध्ये तीन गाउँपालिका शील गरिएको छ।

अत्यावश्यक सेवा बाहेकका सबै प्रशासनिक सेवा पूर्ण बन्द हुने गरी जुम्लाका तातोपानी, गुठिचौर र कनकासुन्दरी गाउँपालिका शील गरिएको हो।

प्रकाशित मिति: : 2021-05-14 08:12:00

प्रतिकृया दिनुहोस्