कर्णाली नदीमा एउटै घर दिदीबहिनी मृत फेला

File Photo
File Photo

दैलेखको आठवीस नगरपालिकाको राकम कर्णालीस्थित साईखोला नजिक कर्णाली नदीमा हात बाँधिएको अवस्थामा एउटै घरका दुइ दिदीबहिनीको शव फेला परेको छ। 

पानीमा डुबिरहेको अवस्थामा स्थानीयले दुईजनाको शव फेला पारेका हुन्।

फेला पर्नेमा आठवीस नगरपालिका-३ निमायलका स्थानीय मानसिंह बडुवालका १६ वर्षीया छोरी कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवाल रहेको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखकाे प्रारम्भिक अनुसन्धानबाट घटनाबारे विस्तृत कुरा खुल्न नसकेको बताएको छ।

बाबु मानसिंह बडुवालले भने सामान्य घरायसी विवाद भएकाले श्रीमतीले छोरी लिएर घरबाट निस्केको बताएका छन्।

घटनाका सम्बन्धमा प्रहरीले भने थप अनुसन्धन भइरहेको बताएको छ।

प्रकाशित मिति: : 2021-03-09 09:09:00

प्रतिकृया दिनुहोस्