गोरखापत्र
दीपकप्रसाद गौतम
वीरगञ्ज, कात्तिक २० गते । सामाजिक सञ्जालमा राखिएका तस्बिर भिडियो जस्ता कुरामा सत्य नबुझी धेरैले कमेन्ट र शेयर गर्छन् । यसो गर्दा कानुनी रुपमा अपराध ठहरिन्छ वा अरुकाे मानमर्दन हुन्छ भन्ने हेक्का धेरैलाई हुँदैन भन्ने कुराको एउटा उदाहरण तत्कालीन राजा वीरेन्द्रसँग एक व्यक्तिले टीका थाप्दै गरेको तस्बिर थियो ।
सामाजिक सञ्जालमा सो तस्बिर राखेर प्रधानमन्त्री केपी शर्मा ओलीमाथि टीकाटिप्पणी भए । तर टीका थाप्ने व्यक्ति पर्साको वीरगञ्ज उपमाहानगरपालिका अलौका जनकलाल साह हुनुहुन्छ । उहाँ आफैलाई सो फोटो कस्ले सामाजिक सञ्जालमा राख्यो भन्ने थाहा छैन । बुधबार मात्र उक्त तस्वीर भाईरल भएको एकजना साथीले बताएपछि उहाँले थाहा पाउनुभयो । करिब दुई वर्ष पहिले पनि कसैले उक्त फोटो मागेको तर आफूले कसैलाई नदिएको तर कहाँबाट फोटो बाहिरियो आफूलाई थाहा नभएको साहले बताउनुभयो ।
आफूले फोटोहरु जम्मा गरेर राखेको हुनाले उक्त फोटो पनि घरमा हुनुपर्ने, छ छैन खोजेर बताउने साहले बताउनुभयो । फोटो भाईरल भनेको त राम्रै कुरा हो तर त्यहाँ एउटा मिस्टेक हुन गएको छ कि मेरो फोटो हो तर प्रधानमन्त्री ओलीको भनिएकाले त्यो अन्तैतीर गए जस्तै लाग्यो ,साहले भन्नुभयो । साह नेपाल राष्ट्रवाद संघ केन्द्रिय कार्यालय वीरगञ्जका अध्यक्ष हुनुहुन्छ भने आफूलाई राजसंस्थाप्रति सर्मपित व्यक्ति ठान्नुहुन्छ ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया