गुल्मीमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

गुल्मीमा साेमबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा रुरुक्षेत्र गाउँपालिकाका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

संक्रमित हुनेमा रुरुक्षेत्र गाउँपालिकाका २६ वर्षीया एक महिला र १८ देखि ४९ वर्षसम्मका १३ जना पुरुष रहेका छन्।

उनीहरु सबै भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएकाे गाउँपालिकाका स्वास्थ्य संयोजक छत्र अधिकारीले बताए।

यससँगै गुल्मीमा कुल संक्रमितको संख्या १९३ पुगेको छ। संक्रमित २० जना कोरोना मुक्त भएर घर फर्किसकेका छन्।
 

प्रकाशित मिति: : 2020-06-22 15:04:34

प्रतिकृया दिनुहोस्