नेपालले कोभिड- १९ महामारीको विश्व रोलनम्बरमा उचिछलाङ लगाउने क्रम जारी छ। सोमबार नेपाल नौहजार २६ संक्रमितका साथ विश्व कोरोना संक्रमणको ६६औं स्थानमा उक्लेको छ। मृतक संख्याको हिसाबमा भने नेपाल धेरै पछि छ। नेपालमा सोमबारसम्ममा २३ जनाको मात्र मृत्यु भएको छ।
नेपालमा कोभिड- १९ बाट निको हुनेको संख्या १,७७२ पुगेको छ भने संक्रिय केस संख्या ७,२३१ रहेको छ।
नेपालमा आइतबार ४२१ नयाँ कोरोना संक्रिमत पाइएका छन् भने एकजनाको मृत्यु भएको छ।
नेपालमा कोभिड सङ्क्रमितमध्ये ९५ प्रतिशत विदेशबाट आएका र तीमध्ये पनि सबैजसो भारतबाट आएका छन्। यो सङ्ख्यामा ९२ प्रतिशत पुरुष छन्। उनीहरु १५ देखि ५४ वर्ष उमेरका छन्।
अमेरिका कोरोना भाइरस संक्रमित र मृतक दुबै संख्यामा विश्व नम्बर १ रहेको छ। आइतबार मात्र अमेरिकामा २६ हजार ७९ नयाँ संक्रमित पाइएका छन् । तर, मृतक संख्यामा भने नाटकीय रूपमा कमी आएर २६७ मा झरेको छ।
पछिल्लो समय ब्राजिल र मेक्सिको कोरोना इपिसेन्टरमा बदलिएका छन्। आइतबार ब्राजिलमा ६०१ र मेक्सिकोमा १४०१ को मृत्यु भएको छ।
यता छिमेकी भारत पनि कोरोना कहरमा नराम्ररी फसेको छ। आइतबार मात्र भारतमा १५१८३ नयाँ संक्रमित थपिदा कूल संक्रमित संख्या ४२६९१० पुगेको छ। यो संख्यासहित भारत विश्वमा चौथो नम्बरमा रहेको छ। भारतअद्दि अमेरिका, ब्राजिल र रसिया रहेका छन्।