पूर्वी नवलपरासीमा १६ र चितवनमा थप ५ कोरोना संक्रमित फेला परेका छन्।
भरतपुरस्थित प्रयोगशालामा पछिल्लो पटक कूल २७० नमुना परीक्षण गरिएकामा चितवनका ५ र पूर्वी नवलपरासीका १६ जनामा कोरोना पुष्टि भएको छ।
चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा माडी नगरपालिका २, ५, ६ र ८ मा एक/एक जना संक्रमित फेला परेका छन्। उनीहरु ४७, २८, ३४ र ३२ वर्षका पुरुषहरु हुन्।
यसैगरी भरतपुर महानगरपालिकाको वडा नं. २८ मा २९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
अहिलेसम्म चितवनमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यता नवलपुर जिल्लाको बुलिङ्गटार गाउँपालिकाका १४ र गैंडाकोट नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको छ।
चितवनको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएका बुलिङ्टारका १४ जना संक्रमित सबै पुरुषहरु हुन्। उनीहरु १८ देखि ४० वर्ष उमेर समूहका छन्।
यस्तै गैंडाकोट नगरपालिका ३५ वर्षीय पुरुष र २८ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ।
यससँगै सोमबार विहानमात्रै नवलपुरमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या २४ पुगेको छ।