अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्सास्थित नेपाल रेडक्रस आधारभुत विद्यालयका तत्कालिन प्रधानाध्यापक सन्तोष कुमार गुप्ताविरुद्ध मुद्दा दायर गरेको छ ।
आयोगले वीरगञ्ज महानगरपालिका ३१ रहेको विद्यालयका तत्कालिन प्रधानाध्यापक गुप्ताविरुद्ध ६ लाख माग दाबीसहित आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
गुप्ताले जिल्ला शिक्षा कार्यालय पर्साबाट विद्यालयको भवन र शौचालय निर्माणका लागि आफ्नो नाममा ५ लाख र विद्यालय व्यवस्थापन समितिका तत्कालिन अध्यक्ष विश्वनाथ साह कानुको नाममा एक लाख गरी कुल ६ लाख रकम झिकेर हिनामिना गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
गुप्ताले विद्यालयमा कुनै पनि काम नगरी उक्त रकम हिनामिना गर फरार रहेको आयोगको आरोप पत्रमा उल्लेख छ ।