मकालुको पहिरोले अरुण नदी थुनियो

संखुवासभाको मकालु गाउँपालिका २ र ५ नम्बर वडामा पर्ने ओयाङ्गमा पहिरो खसेपछि अरुण नदी आशिंक रुपमा थुनिएको छ। 

जिल्ला प्रहरी कार्यालयका डीएसपी नवराज मल्लका अनुसार  करिब ६ सय मिटर माथिबाट झरेको पहिरोले अरुण नदी थुनिँदा करिब ३ सय मिटर पानी जमेर ड्याम बनेको छ । 

आइतबार गएको पहिरोले एक परिवारका ७ जना विस्थापित भएका छन् । विस्तृत जानकारी आइसकेको छैन ।

प्रहरीले अरुण नदी आसपास बस्ती रहेको अरुण तेश्रो आयोजनाको पावरहाउस स्थल पुखुवा आसपास र हेलुवाबेसी, चेवाबेसी, मनकामनालगायतका क्षेत्रका स्थानीयलाई अरुण नदी आसपास नजान र सर्तक भएर बस्न आग्रहसमेत गरेको छ ।

प्रकाशित मिति: : 2020-06-21 13:54:41

प्रतिकृया दिनुहोस्