भारतकाे आराेप: चीनले पांगोङ त्सोको ८ किलोमिटर पनि कब्जा गर्‍याे

बिएल संवाददाता

नयाँ दिल्ली

चिनियाँ सेना अहिले भारतीय सीमा नजिक लद्दाखको गालवान उपत्यकामा ‘टेन्ट’ गाडेर बसेको छ। उक्त क्षेत्रमा  ३ वटै (हवाई, स्थल र जल सेना) सेना प्रमुखबीच बैठकमा नौसेनाका युद्दपोतहरु चीनसँग जोडिएका इलाकामा तैनाथ छन्। 

यस्तै चीनसँग जोडिएको सीमानामा तैनाथ अर्को भारतीय फोर्स आइटीबीपीले पनि आफ्ना सैनिकहरुलाई सतर्क रहेका छन्। चीनसँग जोडिएको ३४ सय किलोमिटर वास्तविक नियन्त्रण रेखा वरिपरि सतर्क रहन भारतीय सेनाको निर्देशन छ। 

त्यहाँ तैनाथ गरिएका फरवार्ड पोष्टका कम्पनी कमाण्डरहरुलाई चीनतर्फबाट कुनै गतिविधि भएको खण्डमा तत्काल कार्वाही गर्न आदेश दिइएको छ।

यहीबेला भारतले बिभिन्न कुराहरु गर्न सुर गरेकाे छ। यसकाे पछिल्लाे उदाहरण हाे लद्दाखमा रहेको पांगोङ त्सो क्षेत्र। लगभग आठ किलोमिटरमा फैलिएकाे याे क्षेत्र चिनियाँ सैनिकहरूले कब्जा गरेको भारतले आरोप लगाएको छ। भारत सरकारले याे क्षेत्र पनि आफ्नाे भएकाे दाबी गर्दै आएकाे छ। 

हुन त चिनियाँ सेना गत मे महिनाको आरम्भमा त्यहाँ पुगेका थिए। उनीहरुले भारतसँग विवाद बढ्दै गएपछि त्यहाँ रक्षा संरचना र बंकर समेत बनाएका छन्। 

उक्त तालको उत्तरी किनारमा फिंगर ४ देखि ८ को बीच भागमा रहेका क्षेत्रमा चिनियाँ जनमुक्ति सेनाका सैनिकहरू छन्। गलवना उपत्यका र हट स्प्रिंग्सका विषयमा दुई देशबीच कुराकानी भइरहँदा चीनले पांगोङ त्सोमा उपस्थिति झनै बाक्लाे बनाएकाे छ। 

यता गलवान उपत्यकाको पट्रोल पोइन्ट १४ नजिकको क्षेत्रमा भारतीय सेना बसिरहेको छ। त्यसै ठाउँमा सोमबार राति दुई देशका सेनाबीच हिंस्रक झडप भएको थियो।

त्यसपश्चात सम्भावित भीडन्तलाई मध्यनजर गर्दै भारतीय सेनाले लद्दाख सीमा क्षेत्रमा जोडिएका बस्तीहरु खाली गराउन सुरु गरेको छ। ती क्षेत्रमा सैनिकहरुको संख्या ह्वात्तै बढाइएको छ भने स्थानीय मानिसहरुलाई सावधानीपूर्वक गाउँ खाली गर्न आह्वान गरेको छ। डेमचोक पेङगान्ग ताल वरिपरिका बस्तीहरुलाई सतर्क रहन आह्वान गरेको छ। 

त्यस्तै सीमा जोडिएको क्षेत्रमा मोबाइल फोन बन्द गर्न लगाइएको छ भने त्यहाँ तैनाथ सेनाको ल्यान्डलाइन फोन समेत बन्द गरिएको छ। अब उक्त क्षेत्रमा अपरेशनमा जोडिएका फोनहरुले मात्र काम गर्न सुरु गरेका छन्।  

त्यसैगरी लद्दाख क्षेत्रमै पर्ने लेह शहर बाहिर सेना बाहेकको सबै आवागमनमाथि प्रतिबन्ध लगाइएको छ। श्रीनगर–लेह राजमार्ग आमजनताका लागि पूर्ण रुपमा बन्द गरिएको छ।

त्यसो त पांगोङ त्सोको उत्तरी किनारमा मे महिनाको आरम्भमै भारत र चीनका सैनिकहरूबीच झडप नभएकाे हाेइन। झडप साम्य भएपछि चिनियाँ सैनिकहरूले भारतीय जवनाहरूलाई फिंगर ४ भन्दा पूर्वपट्टि जान दिएका दिएनन्।

तर भारतीय अघिकारीहरु भने सबै नक्साले वास्तविक नियन्त्रण रेखा फिंगर ९ मा उत्तरबाट दक्षिण भएर जाने देखाउने बताउँछन्।

भारतीय सेनाका एक वरिष्ठ अधिकृतले भने, ‘फिंगर ३ र ४ को बीचमा वर्षौंदेखि इन्डो–टिबेटन बोर्डर पुलिसको पोस्ट छ। तर अघिल्लो महिनादेखि चीनले फिंगर ४ र ८ को बीचमा कब्जा गरेको छ। चिनियाँ जनमुक्ति सेनाले त्यस विषयमा कुरै गर्न चाहेको छैन।’

प्रकाशित मिति: : 2020-06-21 11:59:28

प्रतिकृया दिनुहोस्