रुसमा कोरोना भाइरस (काेभिड–१९) संक्रमणबाट ४ सय ८९ जना चिकित्सकको मृत्यु भएको छ।
एक महिना अगाडिसम्म १ सय १ जना चिकित्सकको मृत्यु भएको थियो। यो संख्या ४८९ पुगेपछि चिकित्सकको मृत्यु दर तीव्र बढेको देखिन्छ।
रुसको स्वास्थ्य क्षेत्रलाई निगरानी गर्ने सरकारी संस्था रोजद्रावनादजोरका प्रमुख अला सामोइलोवाले सुरक्षा सामग्रीको वितरणमा समस्या हुनु नै यसको मुख्य कारण भएको बताएका छन्।
रुसमा हाल ५ लाख ६० हजार बढी कोरोना संक्रमित छन्। संक्रमितको संख्याको आधारमा रुस विश्वका देशहरुको सूचीमा तेस्रो स्थानमा छ। रुसमा हालसम्म ७ हजार ६ सय ५० जनाको मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयकाे तथ्यांकमा उल्लेख छ।