बालविवाह रोक्ने विशेष अभियानअन्तर्गत मकवानपुर जिल्लामा लकडाउनको अवधिमा १५ बालविवाह रोकिएको छ।
हेटौँडा उपमहानगरपालिकामा छ, बकैयामा तीन, मकवानपुरगढीमा तीन मनहरिमा दुई र भीमफेदीमा एक गरी कूल १५ बालविवाह रोकिएको सिबिन बाल हेल्पलाइनले जनाएको छ।
हेल्पलाइनका सम्झना अधिकारीका अनुसार स्थानीय प्रहरी प्रशासन, अधिकारकर्मी, जनप्रतिनिधि तथा समाजसेवीको सहयोगमा ती बालविवाह रोकिएको हो।
विगत छ महिनामा जिल्लाका विभिन्न स्थानका ५० बालविवाह रोकिएको र आगामी दिनमा पनि यस अभियानलाई प्रभावकारीरूपमा लैजाने उनले बताइन्।
चेतना, अशिक्षा, गरिबी तथा रुढीवादी परम्पराका कारण बालविवाह हुने गरेको जनाइएको छ। स्थानीय प्रशासनले समेत बालविवाह रोक्न सबैलाई आग्रह गरेको छ।