काेराेना भाइरस (कोभिड १९) का कारण संसारका खराब मुलुकको सूचीमा नेपाल ७० औं स्थानमा उक्लिएको छ। उज्वेकिस्तान र आइभोरी कोस्टलाई पछि पारेको नेपालले हिजो ५ सय ८६ संक्रमित थपिएको थियो।
हिजोसम्म नेपालमा ७ हजार १ सय ७७ जना संक्रमित भेटिएका छन्। ४७ जना आज बिहानमात्र नयाँ संक्रमित गण्डकी प्रदेशमा फेला परेका छन्। यससहित ७ हजार २ सय २२४ जना संक्रमित रहेका छन्।
बुधबार एकैदिन नेपालमा ५ सय ८६ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये ४० जना महिला र ५४६ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ थपिएका संक्रमितहरु उदयपुरका ४, सिराहाका १, मोरङका ९, झापाका २, धनुषाका २६, महोत्तरीका २००, बाराका ७, रौतहटका १३७, कपिलवस्तुका १०, रुपन्देहीका ७, सर्लाहीका ६, प्युठानका ३४, अर्घाखाँचीका १२, कैलालीका १, पर्वतका ३, नवलपरासीका १७, गुल्मीका २६, बाँकेका १, बर्दियाका ३१, दाङका ८, सल्यानका २५, सुर्खेतका २, दैलेखका २, कालिकोटका १४ र कञ्चनपुरका ७ जना रहेका छन्।
यस्तै कोरोना भाइरसको संक्रमण बुधबार थप ९ जना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेका १ हजार १ सय ६७ पुगेको छ। तीमध्ये १ सय १२ जना महिला र १ हजार ५५ जना पुरुष छन्।
संक्रमितको संख्या अहिलेकै रफ्तारमा जाने हो भने आज नेपालले अस्ट्रेलियालाई पनि खराब मुलुकको सूचीमा पछि पारेर अग्रता लिनेछ।
नेपालभन्दा एक तह माथि रहेको अस्ट्रेलियमा संक्रमितको संख्या ७ हजार ३ सय ९० छ। तर, अस्ट्रेलियामा संक्रमितको संख्या बढ्ने दर नेपालभन्दा धेरै कम रहेको छ। त्यसैले यो सूचीमा नेपालले अस्ट्रेलियालाई आज उछिन्ने छ।
दक्षिण एसियामा हेर्ने हो भने भारत शीर्ष स्थानमा छ। भारतमा ३ लाख ६७ हजार संक्रमित रहेका छन्। दोस्रो स्थानमा पाकिस्तान छ। पाकिस्तानमा संक्रमितको संख्या १ लाख ५४ हजार ७ सय ६० जना संक्रमित छन्।
बंगलादेशमा ९८ हजार ४ सय ८९ जनामा संक्रमण देखिएको छ। त्यसपछि संक्रमणको उच्च दर अफगानिस्तानमा रहेको छ। अफगानिस्तानमा २६ हजार ८ सय ७४ जना संक्रमित छन्।
दक्षिण एसियाली मुलुकमा मालदिभ्समा २ हजार १ सय २० जना संक्रमित छन् भने श्रीलङ्कामा संक्रमितको संख्या १ हजार ९ सय २४ रहेको छ। दक्षिण एसियामा सबैभन्दा कम संक्रमण भुटानमा रहेको छ। त्यहाँ ६७ जना संक्रमित भेटिएका छन्।