प्युठानमा थप १८ जनामा कोराना संक्रमण पुष्टि

प्युठानमा थप १८ जनामा कोराना संक्रमण पुष्टि भएको छ। 

राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला काठमाडौंमा गरिएको परीक्षणमा २२ देखि ४४ वर्षका १८ जना पुरुषमा कोरोना संक्रमण  पुष्टि भएको हाे। 

संक्रमितमध्ये नौबहिनी गाउँपालिकाका ३ जना, प्युठान नगरपालिकाका ४, माण्डवी गाउँपालिका ९ र स्वर्गद्वारी नगरपालिकाका २ जना रहेका छन्। उनीहरु भारतका विभिन्न स्थानबाट आएर स्थानीय क्वारेन्टाइनमा बसेका थिए।

संक्रमण पुष्टि भएसँगै उनीहरुलाई स्थानीय तहले निर्माण गरेका आइसोलेसन सेन्टरमा राखिएको छ। 

यससँगै प्युठानमा कोरोना संक्रमितको संख्या ७३ पुगेको छ।

प्रकाशित मिति: : 2020-06-17 15:35:17

प्रतिकृया दिनुहोस्