नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्रनाथ खनाल एक हाइप्रोफाइल 'अपहरणकारी' का रूपमा अहिले चर्चाको शिखरमा छन्। समाजवादी पार्टी फुटाउन एक सांसदको अपहरणमा संलग्न भएको भन्दै उनका बारेमा अनेक कोणबाट टीकाटिप्पणी भइरहेका छन्। यी टिप्पणीले उनी कुन पृष्ठभूमिमा नेपाल प्रहरीको प्रमुख भएका रहेछन् भन्ने कुरा पनि उठेको छ।
खनालको प्रसंगमा आउनुपूर्व यसको पृष्ठभूमिमा जाऔं।
नेपालमा मधेशवादी दल र सांसद सत्ताका भोका हुन्छन् र त्यसका लागि जे गर्न पनि तयार हुन्छन् भन्ने एक किसिमको संकथन निर्माण भएको छ। त्यसैले मधेशवादी पार्टी फुटाउन वालुवाटारले बेला बेलामा उनीहरूका टाट्नामा घाँस हाल्ने गरेका छन्।
यस्तो घाँस हाल्ने क्रममा नेपाली राजनीतिका चतुर खेलाडी खड्गप्रसाद शर्मा ओली यसपटक नांगेझार भएर लागे। त्यसका लागि उनले कोरोना कहरबीच आफ्नै पार्टीमा समेत कुनै छलफल नगरी पार्टी फुटाउन सजिलो हुने अध्यादेश नै ल्याए।
आफ्नै पार्टी फुटाउन ल्याइएको भनेर पार्टीभित्र चर्को कुरा उठेपछि उनले त्यो अध्यादेश मधेसवादी पार्टी फुटाउन ल्याएको बताए। त्यसको औचित्य पुष्टी गर्न उनले तुरून्तै कुनै न कुनै दल फुटाउनुपर्ने थियो। त्यही क्रममा उनको पहिलो निशाना समाजवादी पार्टी पर्यो। पार्टी फुटाउन ओदीको घाँस खाइसकेकी रेणु यादवले स्वास्थ्य राज्यमन्त्री रहिसकेका डा. सुरेन्द्र यादव कमजोर कडी हुन सक्ने बताइन्।
यो प्रकरणसँगै खनाल कसरी आफ्ना प्रतिस्पर्धी रमेश खरेललाई पाखा लगाएर आईजीपी भएका रहेछन्? त्यसका लागि उनले ओलीका बाहुबली सांसद महेश बस्नेत र गृहजिल्ला तनहुका एमाले सांसद किसन श्रेष्ठलाई कसरी भर्याङ बनाएर वालुवाटार पुगेका रहेछन् ? जस्ता प्रश्नहरूको उत्तर दिएको छ।
उनलाई कसले ल्याउन सक्छ भन्ने खोजी गर्दा पूर्वप्रहरी महानिरीक्षक सर्वन्द्रनाथ खनालको नाम आयो। बर्दिबासमा एसपी हुँदा स्थानीय चिकित्सक डा. यादवसँग राम्रो सम्बन्ध बनाएका खनाल अख्तियारको आयुक्त हुने दाउमा थिए। त्यसका लागि उनले आफूलाई पहिला प्रहरी महानिरीक्षक बनाउने माध्यम बनेका गृहजिल्ला तनहुँका एमाले सांसद किसन श्रेष्ठ र ओलीका बाहुवली सांसद महेश बस्नेतमार्फत् बालुवाटारमा कुरा पुर्याएका थिए। यही मेसो समाउँदै अन्तत: खनाल, बस्नेत र श्रेष्ठ जनकपुर पुगेर डा. यादवलाई अपहरण गरेर राजधानी ल्याएर म्यारियट होटलमा थन्काए।
डा. यादवले पनि आफू प्रलोभनमा परिसकेको जस्तो नाटक गरेर उनलाई पर्खेर बसेका ओलीलाई जिल्याउँदै पार्टी अध्यक्ष उपेन्द्र यादवकोमा पुगे।यसपछि रेणुका लागि सातजना सांसद पुगेनन् र उनले पार्टी फुटाउन सकिनन्। उनले नसकेपछि त्यसअघि नै समावजादी र राष्ट्रिय जनता पार्टी एकीकृत भएर रातारात बनेको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भयो।
यसरी बाठा ओली नराम्ररी चिप्लिए र उनले पार्टीलाई भन्दै आएको अध्यादेश ल्याउनुको औचित्य पनि नराम्ररी धरापमा पर्यो। अहिले उनी दवाव थेग्न नसकेर अध्यादेश नै फिर्ता गर्ने पक्षमा पुगेको बताइएको छ।
अब फेरि खनाल प्रकरणमा फर्कौं ।
यसरी नेपाल प्रहरीका महानिरीक्षक भइसकेका खनालको निधारमा अपहरणकारीको कलंकको टीका लाग्यो। उनीसँग सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठ पनि नराम्ररी पर्दाफास भए। यी तीनले काम फत्ते नगरिदिएपछि यसको सबैभन्दा ठूलो मारमा परे, प्रधानमन्त्री ओली। ओली जे हुन्, त्यही देखिए यसपटक। उनका अन्धभक्तहरूले ओलीको मखुण्डो लगाएको अवतार मात्र देखेर उनको देवत्वकरण गरिरहेका हुन्छन्।
यो प्रकरणसँगै खनाल कसरी आफ्ना प्रतिस्पर्धी रमेश खरेललाई पाखा लगाएर आईजीपी भएका रहेछन्? त्यसका लागि उनले ओलीका बाहुबली सांसद महेश बस्नेत र गृहजिल्ला तनहुका एमाले सांसद किसन श्रेष्ठलाई कसरी भर्याङ बनाएर वालुवाटार पुगेका रहेछन् ? जस्ता प्रश्नहरूको उत्तर दिएको छ। यति मात्र हैन, उनी अपहरणमा संलग्न भएपछि त उनले गरेको कुमार घैटे इन्काउन्टर, गराएको कुमार पौडेल इन्काउन्टर, ३३ किलो सुन प्रकरण, निर्मला पन्त हत्या प्रकरणलगायतमा उनको भूमिकाका बारेमा पनि गम्भीर प्रश्न उठेका छन्।
नेपालको इतिहासमै प्रहरी महानिरीक्षक भइसकेको मान्छे अपहरणमा संलग्न भएको आरोप लागेको यो पहिलो पटक हो। अहिलेका लागि यो आरोप मात्रै हो, त्यसैले यसमाथि उच्चस्तरीय निस्पक्ष छानबीन आयोग गठन गरी छानबीन गर्न जरूरी छ।