जाेखिम मानिएको सिंजा क्षेत्रका २७ जनाको रिर्पोट नेगेटिभ

जाेखिम मानिएकाे जुम्लाको सिंजा क्षेत्रमा २७ जनाको र्‍यापिड टेस्ट गरिएको छ। व्यापार तथा कामकाे सिलसिलामा भारत जाने धेरै हुने हुनाले जाेखिम मानिएपनि सिंजाका सबै जनाको रिर्पोट नेगेटिभ आएको छ।

हिमाको प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतु, सिंजाको नराकोट स्वास्थ्यचौकी र कनकासुन्दरीको हाडसिंजा स्वास्थ्य चौकीमा र्‍यापिड टेस्ट गरिएकाे जनस्वास्थ्य कार्यालय जुम्लाका ल्याव टेक्नेसिएन मौसम गिरीले जानकारी दिए।

उनका अनुसार हिमा गाउँपालिकामा १५ जना, सिंजा गाउँपालिकामा ५ जना र कनकासुन्दरी गाउँपालिकामा ७ जनाको र्‍यापिड टेस्ट गरिएको हो। जसमध्ये गाउँमा क्वारेन्टाइनमा बसेका र नबसेका सबैकाे र्‍यापिड टेस्ट गरिएको थियाे।

'स्थानीय सरकारसँग समन्वय गरेर विदेशबाट आएकाहरुलाई एकै थलोमा बोलाएर दुरी कायम गरि र्‍यापिड टेस्ट गरिएको हो। हालसम्म सबैको रिर्पोट नेगेटिभ आएको छ,' उनले भने, 'बिहिवार गुठिचौर गाउँपालिकामा र्‍यापिड टेस्ट गरिने छ। विदेशबाट आएकाहरु खुसीका साथ परिक्षणमा सहभागि हुने गरेको छन्।'

जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण सापकोटा सहितको टोली अहिले गाउँमा र्‍यापिड टेस्टका लागि खटिएको छ। सबै क्षेत्रमा कोराना त्रास छ।

कर्णाली प्रदेश सरकारले आवश्यक स्वास्थ्य सामाग्री सहित जनस्वास्थ्य कार्यालयको टोलीलाई गाउँमा परिचालन गरेको हो। जिल्लामा भित्रिएका सबैको र्‍यापिड टेस्ट गरिने भएको छ।

प्रकाशित मिति: : 2020-04-15 20:33:38

प्रतिकृया दिनुहोस्