अमेरिका र साउदी अरबले हामीलाई नबुझे भीषण युद्ध हुनसक्छ: इरानी राष्ट्रपति

तस्बिरः एजेन्सी


आफ्नो तेल प्रशोधन उद्योगमा केही हप्ताअघि आक्रमण भएपछि साउदी अरबले त्यसको जबाफ दिन आफूसँग सैनिक कारबाहीसहित अन्य सबै विकल्प भएको चेतावनी दिएको छ। तर सबै पक्षले युद्ध टार्न खोजिरहेको साउदी विदेश मन्त्रालयका एक प्रवक्ता अदेल अल जुबैरले बीबीसीलाई बताए।

अमेरिका र साउदी अरबले ती आक्रमणका घटनामा इरानको संलग्नता भएको आरोप लगाउने गरेका छन्। न्यूयोर्कमा राष्ट्रसङ्घको महासभामा बोल्दै इरानी राष्ट्रपति हसन रूहानीले असमझदारीले गराउन सक्ने चेतावनी दिएका छन्।

यसअघि फ्रान्स, जर्मनी र ब्रिटेनका नेताहरूले साउदी तेल प्रशोधन केन्द्रमा भएका आक्रमणहरूमा इरानको हात रहेको बताएका थिए। इरानी विदेशमन्त्रीले ती युरोपेली देशहरूले “अमेरिकाको निरर्थक दाबीलाई दोहोर्‍याइरहेको” प्रतिक्रिया व्यक्त गरेका थिए।

यमनमा रहेका इरानलाई समर्थन गर्ने हूथी विद्रोहीहरूले सेप्टेम्बर १३ मा भएका आक्रमणको आफूले गरेको दाबी गरेका छन्।उनीहरूले साउदी अरबको आधा तेल उत्पादन प्रभावित हुनेगरी भएका आक्रमणमा इरानको संलग्नताबाहेक अरू विश्वसनीय आधार नदेखिएको धारणा राखेका थिए।

 

उनीहरूले आफू इरानसँग सन् २०१५ मा भएको परमाणु कार्यक्रमसम्बन्धी सम्झौता कार्यान्वयनका लागि भने प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। तर इरानी विदेशमन्त्रीले ती युरोपेली देशहरूले “अमेरिकाको निरर्थक दाबीलाई दोहोर्‍याइरहेको” प्रतिक्रिया व्यक्त गरेका थिए। यमनमा रहेका इरानलाई समर्थन गर्ने हूथी विद्रोहीहरूले सेप्टेम्बर १३ मा भएका आक्रमणको आफूले गरेको दाबी गरेका छन्। ती आक्रमणमा १८ वटा ड्रोन र सात वटा क्रूज क्षेप्यास्त्र साउदी तेल केन्द्रहरूलाई लक्षित गर्दै प्रहार भएका थिए।

लगत्तै साउदी अरबले आक्रमणमा इरानको संलग्नता रहेको बताएको थियो। त्यसयता अमेरिकाले साउदी अरबमा थप सैनिक परिचालन गर्ने घोषणा पनि गरेको छ। ट्रम्प प्रशासनले तेहरानविरुद्ध कडा रूपमा प्रस्तुत हुनुपर्ने र कुनै पनि समझदारी गर्दा उसले आफ्नो क्षेप्यास्त्र कार्यक्रम अघि बढाउन नसकिने सुनिश्चित गरिनुपर्ने धारणा राख्ने गरेको छ।

सीएनएन समाचारसंस्थालाई दिएको अन्तर्वार्तामा इरानी विदेशमन्त्रीले उनको देश स्थायी रूपमा परमाणुमुक्त हुन तयार रहेको तर त्यसका लागि इरानविरुद्ध लगाइएका प्रतिबन्धहरू स्थायी रूपमा नै अन्त्य गरिनुपर्ने बताएका थिए। उनले सधैँका लागि प्रतिबन्धहरू हटाइए इरानले आफ्ना परमाणुकेन्द्रमा स्थायी रूपमा अनुगमन गर्न दिने पनि जनाएका छन्।

प्रकाशित मिति: : 2019-09-26 12:30:34

प्रतिकृया दिनुहोस्