कोरोनाका कारण जिम्बाबेका चर्चित टेलिभिजन पत्रकारको मृत्यु

एजेन्सी

काठमाडौं

संसारभर फैलिएको कोरोना भाइरस ‘कोभिड–१९’ का कारण जिम्बाबेका चर्चित टेलिभिजन पत्रकार मकाम्बाको मृत्यु भएको छ।

३० वर्षिय जोरोरो मकाम्बाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ।

शनिबार दुई जनामा कोरोना पुष्टि भएका मध्ये उनी पनि एक थिए। पत्रकार जोरोरो कोरोनाका कारण मृत्यु हुने पहिलो जिम्बाबेली नागरिकसमेत हुन्।

गत बिहीबार फ्लुको संकेत देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। गत वर्ष जोरोरोको छातिको अपरेसन गरिएको थियो। उनको ट्युमर हटाइएको थियो।

प्रकाशित मिति: : 2020-03-25 02:10:45

प्रतिकृया दिनुहोस्