जुम्ला ‘लग डाउन’

विपद् व्यवस्थापन समितिले जुम्लालाई लक डाउन गर्ने निर्णय गरेको छ। आइतवार बसेको समितिको बैठकले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड–१९ को महामारीबाट जिल्लालाई सुरक्षित राख्न चैत १० गते देखि १७ गतेसम्म जिल्लालाई कक डाउन गर्ने निर्णय गरेको हो।

जुम्लामा मानिसहरुको चाप बढ्न थालेपछि बजारको भिडभाड नियन्त्रण गर्न तथा सम्भावित जोखिम न्युनिकरण गर्न जिल्लालाई ‘लकडाउन’ गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिइन्।

विपत व्यवस्थापन समितिले अत्यावश्यक सामाग्रीको व्यवस्थापन गर्न उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको संयोजकत्व तथा उद्योग वाणिज्य संघ, जुम्लाको उपसंयोजकत्वमा  १५ वटा कार्यालयका प्रमुखहरु सदस्य रहेको समिति गठन गरेको छ।

त्यस्तै जुम्ला विमानस्थ तथा कालिकोट र जुम्ला जिल्लाको सीमानाको नाग्ममा आइतबारदेखि हेल्थ डेक्स स्थापना गरेको छ। जिल्ला आवबि बढेको र बाहिरबाट आउनेलाई संक्रमण हुन सक्ने भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको समन्वयमा दुई ठाउँमा हेल्थ डेक्स स्थापना गरिएको हो।  

यो अवधिभित्र जिल्ला स्थित सुरक्षा निकाय सहित स्थानीय तहले आ(आफ्नो क्षेत्रबाट आर्थिक तथा मानवीय सहयोग आवश्यकता अनुसार गर्ने भएकाले त्रसित नहुन आग्रह गरिएको बन्जाडेले बताइन्।

चन्दननाथ नगरपालिका अन्तर्गत जुम्ला बहुमुखी क्याम्पसमा  क्वारेन्टाईनरआईसोलेसन सेन्टर स्थापना गर्ने निर्णय गरिएको उनले जानकारी दिइन। त्यस्तै अन्य पालिकामा स्थानीय विपद् व्यवस्थापन समितिले आवश्यकता अनुसार निर्णय गर्ने र सो सम्बन्धमा रसदपानीको सुबिधा स्थानीय नगरपालिका र गाँउपालिकाले वाडवडामा पुर्‍याउने व्यवस्था मिलाइएको समेत उनले थपिन्। 

मानव श्रोत सहयोग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले गर्ने, जिल्ला जनस्वास्थ्य सेवा कार्यालय र स्थानीय तहको स्वास्थ्य इकाईले गर्ने, शान्ति सुरक्षा जिल्ला प्रशासन कार्यालयले गर्ने र स्वयंसेवक गै।स।स।, जुम्ला र नेपाल रेडक्रस सोसाईटी जुम्ला उपलब्ध गराउने गरि र्‍यापिड रेस्पोन्स टिम गठन गरिएको छ।

प्रकाशित मिति: : 2020-03-23 07:44:01

प्रतिकृया दिनुहोस्