गाइ काटेको आरोपमा एकको हत्या, दुई घाइते

फाइल तस्बिर

भारतको पूर्वी झारखण्ड राज्यमा गाइ मारेको आरोप लगाउँदै उत्तेजित भएको भीडको आक्रमणबाट एकजनाको हत्या भएको छ ।

राजधानी राँची नजिकै हिन्दु वाहुल्य पूर्वी क्षेत्रमा उक्त घटना भएको हो । प्रहरी अधिकृत एमएल मिनाकाअनुसार १० देखि १५ जनाको भीडले तीनजनामाथि आक्रमण गरेको थियो । आक्रमणमा एकजनाको मृत्यु भएको र अरु दुईजना घाइते भएको उनले बताए ।

उनीहरुको अहिले उपचार भइरहेको छ । साथै घटनाको छानविन भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: : 2019-09-23 21:13:13

प्रतिकृया दिनुहोस्