विराटनगरको धरान सडक खण्डमा मोटरसाइकललाई टिपरले ठक्कर दिँदा दुई विधार्थीको मृत्यु भएको छ भने एक विधार्थी घाइते भएका छन्।
मृत्यु हुनेमा सप्तरीको पतरा निवासी २२ वर्षीय हरेराम साह र सिरहा जिल्ला सुखिपुरका १९ वर्षीय ओजिर रायन रहेका छन् भने घाइते हुनेमा
सप्तरीको रुपनी निवासी २० वर्षीय धनराज यादव रहेका छन्।
शनिबार विराटनगरबाट इटहरीतर्फ गइरहेको को १ ख ७३०९ टिपरले र सोही दिशातर्फ गइरहेको प्र २–०१–००१प १६०८ नं को मोटरसाइकललाई ठक्कर दिंँदा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ भने एक घाइते छन्।
तीन जना सवार मोटरसाइकल ओभरटेकका क्रममा ठक्कर खाँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइते यादवको प्रादेशिक (कोशी) अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटना गर्ने चालक र टिपरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
तिनै जना विधार्थी गोल्डक पार्क कलेजमा अध्ययनरत रहेका छन्।